मौसम

जलवायु परिर्वतनले घट्यो जुम्लामा तापक्रम

Banner

जुम्ला, वैशाख १५-

जलवायु परिर्वतनले जुम्लाको तापक्रममा घटबढ हुने गरेको छ ।

गत वर्षको तुलनामा जुम्लाको तापक्रम घटेकाले चिसो कायमै रहेको बताइएको छ । चिसाका कारण बाक्लो कपडा लगाउनेदेखि न्यानो गर्ने काम भइरहेको स्थानीयवासीले बताएका छन् ।

चन्दननाथ नगरपालिका– ४ भारतीवाडाका सुरत हितानले वैशाख महिना लागेपछि गर्मी बढ्नुपर्ने हो तर झन् चिसो बढ्ने गरेको र न्यानो कपडा प्रयोग गर्नुपर्ने अवस्था भएको जानकारी दिनुभयो ।

अहिले जुम्लाको तापक्रम न्यूनतम सात दशमलव शुन्य डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभाग शाखा कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष वैशाख महिनामा जुम्लाको अधिकतम तापक्रम २७ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो । यो वर्ष यहाँको अधिकतम तापक्रम २५ दशमलव शुन्य डिग्री सेल्सियस रहेको छ । कार्यालय प्रमुख आसामपुरा कार्कीले एकातिर जलवायु परिवर्तनको केही असर र अर्कोतिर लकडाउनका कारण कलकारखाना, यतायात र उद्योग सञ्चान सञ्चालन नहुँदा पनि तापक्रम घटबढ भइरहेको हुन सक्ने बताउनुभयो । यो वर्ष धेरै समय हिउँ र पानी पनि परिरहेको उहाँले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>