स्वास्थ्य

६७ भारतीयको कोरोना रिपोर्ट नेगेटिभ

Banner

कोहलपुर, वैशाख १५–

बाँकेस्थित हवल्दारपुर राम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६७ भारतीयको कोरोना ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबारसम्म जिल्लाका नेपालीसहित ६६३ जनाको स्वाब परीक्षण गरिएकामा ६५९ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । आरडिटीबाट ५३९ र पिसिआरबाट १२४ जनाको जाँच गरिएकामा चार जनाको रिपोर्ट आउन बाँकी रहेको कार्यालयका सम्पर्क व्यक्ति नरेश श्रेष्ठले वताउनुभयो । यहाँका क्वारेन्टाइनमा १४० भारतीय छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>