अन्तर्राष्ट्रिय

चीनको वुहानमा कोरोना सङ्क्रमित शून्य

Banner

एजेन्सी,बैशाख १५-

चीनको वुहान शहरमा पहिलो पटक कोरोना सङ्क्रमित शून्यमा झरेको छ ।गएको डिसेम्बर अन्तिममा पहिलोपटक वुहानमा कोरोना सङ्क्रमण देखिएको थियो । शुक्रबार अस्पतालमा रहेका ११ जना कोरोना सङ्क्रमित डिस्चार्ज गरेपछि एक जना पनि नयाँ बिरामी नथपिएका चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेगले बताउनुभएको छ । यो सबै स्वास्थ्यकर्मीको मिहेनतले सम्भव भएको उहाँले बताउनुभएको चीनको सरकारी समाचार संस्था सिन्हवाले जनाएको छ ।

वुहानमा कोरोना सङ्क्रमण फैलिएपछि ७६ दिनसम्म लकडाउन गरिएको थियो । चीनमा अहिलेसम्म ८२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ५० हजारभन्दा धेरै वुहानका मात्र रहेका पनि खबरमा उल्लेख छ । चीनमा अहिलेसम्म साढे ४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>