समाज
एक साता लकडाउन लम्ब्याउन सिफारिस,आज निर्णय हुने
०

काठमाडौं,बैशाख १४-
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप एक साता लकडाउन अवधि थप्न सिफारिस गरेको छ। शनिबार बसेको समितिको बैठकले सुरक्षा निकायसँग छलफल गरी लकडाउन थपबारे मन्त्रिपरिषदलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सुरक्षा निकायसँगको छलफल पछि समितिले सिफारिस गरेको हो।
अब आज (आइतबार) बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन समयावधि थपबारे निर्णय गर्ने भएको छ। ‘लकडाउनबारे निर्णय गर्न मन्त्रालयका सचिव र सुरक्षा निकायलाई बेलुकासम्म प्रस्ताव तयार तयार गर्न निर्देशन दिइएको थियो।
लकडाउन गत चैत ११ गतेदेखि लागु गरिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























