Breaking News

विदेशमा १५ सय नेपालीमा कोरोना संक्रमण, ३६ जनाको मृत्यु

Banner

काठमाडौं,बैशाख १४-

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा कोरोना संक्रमित नेपालीको संख्या १५ सय पुगेको जनाएको छ। एनआरएनएका अनुसार कोरोनाका कारण ३६ जना नेपालीको मृत्यु भएको छ।

बेलायतमा २१, अमेरिकामा १०, युएईमा ३, आयरल्याण्डमा १ र टर्कीमा १ जना गरी ३६ जना नेपालीको कोरोनाका कारण मृत्यु भएको हो। टर्कीमा ज्यान गुमाएका नेपालीले कोरोना संक्रमण भएपछि आत्महत्या गरेको एनआरएनएका उपाध्यक्ष डा बद्री केसीले बताए।

कोरोना संक्रमित हुनेहरुमा सबैभन्दा बढी अमेरिकामा ८ सय, युरोपियन मुलुकहरुमा ४ सयभन्दा बढी र बाँकी मलेसिया र खाडी मुलुकमा गरेर १५ सय नेपालीमा कोरोना संक्रमण भएको एनआरएनएले उल्लेख गरेको छ।

संघले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुको अवस्था बारे सूचना संकलन गरिरहँदा कतिपय मुलुकहरुले कोरोना संक्रमितहरुको राष्ट्रियता नखुलाएकाले यकिन तथ्यांक अझै आउन नसकेको संघका उपाध्यक्ष बद्री केसीले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>