नवलपरासी

नवलपरासीमा पत्रकारलाई स्यानिटाइजर र मास्क

Banner

परासी, वैशाख १२–

नेपाल पत्रकार महासङ्घ नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)ले जिल्लाका सञ्चारगृह र पत्रकारलाई स्यानिटाइजर र मास्क वितरण गरेको छ ।

सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले पत्रकार महासङ्घलाई आज ७० थान ह्याण्ड स्यानिटाइजर, १० थान एन –९५ मास्क र सात सय थान सर्जिकल मास्क उपलब्ध गराएपछि महासंघले पत्रकारहरुलाई सो सामग्री वितरण गरेको हो ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रण अभियानमा सञ्चारक्षेत्रबाट अग्रपंक्तिमा रही फिल्डमा खटिएका पत्रकारलाई स्वास्थ्य सुरक्षाका लागि सहयोग उपलब्ध गराइएको नगर प्रमुख थापाले बताउनुभयो । जिल्लाका छ रेडियो र एउटा टेलिभिजनसहित पत्रकारलाई ती सामग्री उपलब्ध गराइएको महासङ्घका जिल्ला अध्यक्ष हरि शर्माले जानकारी दिनुभयो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>