चितवन विशेष

मारवाडी युवा मञ्चले भरतपुर अस्पताललाई दियो ‘टेस्टिङ बुथ’

०
Banner

चितवन, वैशाख १२–

कोरोना भाइरस (कोभिड–१९) आशंका गरिएकाहरुबाट स्वाब संकलनका लागि सहज होस् भन्ने उद्देश्यले मारवाडी युवा मञ्ज नारायणगढले भरतपुर अस्पताललाई ‘टेस्टिङ बुथ’ सहयोग गरेको छ । मारवाडी युवा मञ्ज नारायणगढका कोषाध्यक्ष राहुल अग्रवालले उपलब्धगराएको सो सामग्री आज (शुक्रबार) अस्पताललाई प्रदान गरिएको हो ।

व्यवसायी अग्रवालले स्वर्गीय हजुरबुवा घनश्याम दास डालिमयाँको स्मृतिमा सो टेस्टिङ बुथ सहयोग गरेका हुन् । उनले उपलब्ध गराएको सामग्री मारवाडी युवा मञ्च नारायणगढको संयोजनमा भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी र मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीलाई ‘टेस्टिङ बुथ’ हस्तान्तरण गरिएको हो ।

सो सामग्रीको करिव ७० हजार रुपैयाँ रहेको मञ्चका सचिव राजु चौधरीले जानकारी दिए । सो सामग्री हस्तान्तरण कार्यक्रममा मञ्चका अध्यक्ष पँकज गोयललगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>