Breaking News
बेलायतमा कोरोना भाइरसको संक्रमणबाट थप तीन नेपालीको मृत्यु

काठमाडौं, वैशाख १२-
कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा थप तीन जना नेपालीको मृत्यु भएको छ ।
कोरोना सङ्क्रमण देखिएपछि दुई साताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा मृत्यु भएको हो ।
प्युठान भएका गुरुङ बसाइँसराइ गरी भारत बस्दै आएका थिए । पछि पूर्व गोरखा सैनिकका परिवारलाई बेलायतमा बस्न दिने निर्णय भएपछि उनी लण्डनको बस्न थालेका थिए।
त्यसैगरी खोटाङ घर भई हाल बेलायतको ननिटनमा बस्ने ३३ वर्षीया बीमा नाछिरिङ राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।
उपचारका क्रममा जर्ज इलिट अस्पतालमा उनको मृत्यु भएको हो ।
त्यस्तै कोरोना सङ्क्रमणबाट बेलायतमा थप एक नेपालीको बुधबार मृत्यु भएको छ। बेलायतको रेडिङ शहरमा बस्दै आएका ६५ वर्षीय हंशराज लिङ्देनको उपचारका क्रममा रोयल बर्कसायर अस्पतालमा मृत्यु भएको हो ।
तीन साताअघि अस्पताल भर्ना भए पनि तीन दिन पहिला मात्रै उनलाई कोरोना पुष्टि भएको थियो ।
























