Breaking News
प्रधानमन्त्रीलाई कतारका समकक्षीले भनेः यहाँ रहेका नेपालीबारे चिन्ता नलिनुस्
०

काठमाडौं,बैशाख ११-
प्रधानमन्त्री केपी शर्मा ओलीले कतारका प्रधानमन्त्रीसँग त्यहाँ रहेका नेपालीको अवस्थाबारे कुराकानी गरेका छन्।
आज साँझ मैले कतरका प्रधानमन्त्रीसँग फोन संवाद गरें। मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखें।कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो। मैले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएँ ।
बिहीबार कतारका प्रधानमन्त्रीसँग कुराकानी भएको र उनले त्यहाँ रहेका नेपालीबारे चिन्ता नलिन भनेको प्रधानमन्त्री ओलीले ट्वीट गरेका छन्। साथै विभिन्न आरोपमा पक्राउ परेका १७ जना नेपाली रिहा गरेकोप्रति पनि आफूले कतारका प्रधानमन्त्रीसँग खुसी व्यक्त गरेको बताएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























