नवलपरासी
नवलपरासी बर्दघाटका वृद्धमा कोरोना देखिएन, पीसीआर रिपोर्ट नेगेटिभ
०

बिकास अधिकारी,
नवलपरासी, वैशाख १०–
पश्चिम नवलपरासीको बर्दघाटका एक वृद्धको पीसीआर कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा भएको परीक्षणमा रिर्पोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले जानकारी दिए ।
ती ७८ वर्षिय वृद्ध व्यक्तिको बर्दघाटको चिसापानी अस्पतामा भएको र्यापिड टेष्टमा पोजेटिभ आएपछि कोरोना संक्रमणको आशंकामा पीसीआर परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा नमूना संकलन गरी बुटवल पठाईएको थियो । ती वृद्धलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आईसोलेनसमा राखिएकोमा अब डिस्चार्ज गरिने अस्पतालका कोरोना फोकल चिकित्सक सुर्दशन थापाले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























