मौसम

आज देशका धेरै स्थानमा बदली, हावाहुरी र असिना–पानी पर्ने सम्भावना

Banner

काठमाडौँ, बैशाख १०-

आज (बुधबार) पनि देशका धेरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम केही दिनदेखि बदली भएको हो ।

अहिले मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भूभागमा आंशिक बदली भएको मौसमविदले बताएका छन् ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । पहाडी भू–भागका धेरै स्थान र मध्य र पूर्वी तराईका थोरै स्थानमा अपराहन्नपछि मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

बुधबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू–भागका एक–दुई स्थान र पूर्वी तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

साथै मध्य र पूर्वी तराईका समेत केही ठाउँमा आज चट्याङ/हावाहुरीसहित असिना-पानी पर्ने सम्भावना देखिएको छ।

त्यसैले होसियारी अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ। केही दिनयता हावाहुरी तथा चट्याङले भौतिक तथा मानवीय क्षति गरिरहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै उसले भनेको छ- देशका पहाडी भूभागका धेरै स्थानहरूमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिना सहित वर्षा हुन सक्ने देखिएकाले सतर्कता अपनाउन हुन अनुरोध छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>