समाज
भक्तपुरमा वैशाख १५ गतेसम्म निःशुल्क खाना खुवाइने
०

भक्तपुर,बैशाख ८-
भक्तपुरको गठठ्घरमा वैशाख १५ गतेसम्म निःशुल्क खाना खुवाइने भएको छ। कारोना भाइरसको संक्रमण रोकथाम गर्न सरकारले घोषणा गरेको लक डाउन एक महिना पूरा हुन लाग्दा मजदुर तथा विपन्न वर्गका मानिसलाई खान समस्या परेपछि स्थानीयले वैशाख १५ गतेसम्म खाना खुवाउने भएका हुन्।
लक डाउनका कारण उपत्यका छाड्न सडकमा निस्केका र आसपासमा रहेका व्यक्तिहरुलाई सोमबारदेखि खाना खुवाउन सुरु गरिएको स्वयम सेवक कृष्णराज गैंडाले जानकारी दिए। खाना खुवाउने कार्यको प्रबन्ध नागरिक कमिन्युनिटी अस्पतालका अध्यक्ष श्रीभक्त कासिछ्वा, वर्गर हाउस सञ्चालकहरु वसन्त लामा, सुनिल बज्राचार्य, दिपक बोहरा र मानविय आस्था नेपालले गरेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























