अन्तर्राष्ट्रिय

भारतमा गएको चौबिस घण्टामा १५ सयभन्दा बढी नयाँ कोरोना संक्रमित थपिए

Banner

काठमाडौं, बैशाख ८-

हालसम्म विश्वभर २४ लाख ८ हजार ३०४ कोरोना संक्रमित छन्। कोरोना महामारीका कारण १ लाख ६५ हजार १०५ को मृत्यु भएको छ। उपचारपछि ६ लख २९ हजार ६६ स्वस्थ बनेका छन्।

भारतमा गएको चौबिस घण्टामा १५ सयभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

१५ सय ५३ नयाँ कोरोना भाइरस संक्रमित भेटिएको सीएनएनले जनाएको छ। यससँगै भारतमा कोरोना संक्रमितको संख्या १७ हजार ६१५ पुगेको छ ।

सोही अवधिमा भारतमा ३६ जनाको मृत्यु भएको पनि जनाइएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५९ पुगेको छ ।

कोरोना भाइरस नियन्त्रण गर्नका लागि भारतले गन मार्च २५ देखि लकडाउन गरेको छ। लकडाउन अवधि मे ३ मा सकिनेछ ।

कोरोनाले सबैभन्दा बढी प्रभावित क्षेत्र अमेरिका हो। अमेरिकामा ७ लाख ६४ हजार २६५ कोरोना संक्रमित छन् । त्यहाँ ४० हजार ५६५ को मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>