समाचार
बेलायतमा १८ जना नेपालीले कोरोनाका कारण गुमाए ज्यान, मृत्यु हुँनेमा एक दर्जन पूर्व गोर्खा

लन्डन, बैशाख ८–
बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण आफ्नै एकाउन्टिंग व्यवसाय गरिरहेका एकजना नेपालीको मृत्यु भएको छ ।
बेलायतस्थित साउथ इष्ट लन्डनको वुल्वीचमा बस्दै आएका ४६ वर्षीय चार्टर्ड एकाउन्टेन्ट ध्रुब कुमार श्रेष्ठको अस्पतालमा उपचारकै क्रममा शनिबार राति मृत्यु भएको हो ।
ज्वरो, खोकी लगायत स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई १० दिनअघि लन्डनस्थित सेन्टथोमस अस्पतालमा भर्ना गरिएको थियो । उनी विगत १८ वर्षदेखि साउथ इष्ट लण्डनमा बस्दै आएका थिए ।
अहिलेसम्म बेलायतमा १८ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउनेहरुमा झन्डै एक दर्जन जति पूर्व गोर्खाहरु रहेका छन् ।
गैरआवासीय नेपाली संघको कोभीड १९ उच्चस्तरिय समिति अन्तरर्गतको स्वास्थ्य समितिको तथ्यांक अनुसार यस अघि नै संसारभरिमा २९ जना नेपालीहरुको निधन भएको जानकारी दिएको छ ।



























