Breaking News
भारतमा कोरोनाका कारण १६ हजार बढी संक्रमित, ५१९ को मृत्यु
०

एजेन्सी,बैशाख ८-
भारतमा कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५१९ पुगेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमितको संख्या १६ हजार भन्दा बढी पुगेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म १६ हजार ११५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ५१९ जनाको मृत्यु भयो भने २३ सय एकजना निको भएर घर फर्किएका छन् । सबैभन्दा बढी प्रभावित भएको महाराष्ट्रमा संक्रमितको संख्या ३६ सय ५१ पुगेको छ। त्यहाँ २११ जनाको मृत्यु भइसकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























