स्वास्थ्य

सार्क राष्ट्रमा कोरोना : ८१० जनाको मृत्यु, संक्रमितको संख्या २८ हजार नाघ्याे

Banner

एजेन्सी, वैशाख ७–

सार्क राष्ट्रहरु (दक्षिण एशिया)मा कोराेना भाइरसको तीब्र गतिमा फैलिन थालेकाे छ ।

दक्षिण एशियाका आठ देशमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ८१० जनाको मृत्यु भएको छ । त्यस्तै कोरोना संक्रमितको संख्या पनि तीब्र गतिमा फैलिएको छ ।

हालसम्म दक्षिण एशियाली राष्ट्रहरुमा २८ हजार १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

आठ देशमध्ये कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको भारतमा मात्रै अहिलेसम्म १६ हजार ३ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५ सय २१ जनाको मृत्यु भइसकेको छ।

भारतपछि पाकिस्तान सबैभन्दा बढी प्रभावित देखिएको छ। पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म १ सय ५९ जनाले ज्यान गुमाएका छन् भने ७ हजार ९ सय ९३ जनामा संक्रमण देखिएको छ।

बंगलादेशमा हालसम्म कोरोनाबाट ९१ जनाको मृत्यु भएको छ भने २४ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै अफगानिस्तानमा अहिलेसम्म ९ सय ९३ जना कोरोना भाइरसबाट संक्रमित बनेका छन् भने ३२ जनाको मृत्यु भएको छ।

श्रीलंकामा पनि कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ भने २ सय ५४ जनामा संक्रमण देखिएको छ।

माल्दिभ्समा ३६ कोरोना संक्रमित भेटिएका छन् ।

यसैगरी नेपालमा ३१ र भुटानमा ५ जना कोरोना संक्रमित भेटिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>