समाज
महावीर पुनले एम्बुलेन्स चालकपछि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी निःशुल्क पिपिई दिने
०

काठमाडौं,बैशाख ७-
महावीर पुनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकलाई निःशुल्क पिपिपई उपलब्ध गराउने भएका छन्।
काठमाडौंका एम्बुलेन्स चालकलाई यसअघि नै पिपिई उपलब्ध गरेका पुनले आइतबार सूचना गर्दै अब जोखिममा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पनि पिपिई दिने बताएका हुन्।
आजदेखि जे जति सकिन्छ तल भने अनुसारका व्यक्तिहरुलाई पनि राष्ट्रिय आविष्कार केन्द्रले सित्तैमा पिपिई दिने छ,’ पुनले भनेका छन्, ‘एम्बुलेन्स चालकहरुलाई त पहिलेदेखि नै दिइरहेको छ।’ उनले पिपिई माग गर्दै स्वास्थ्यकर्मी, सुरक्षाकर्मीबाट पनि माग आएको बताएका छन्।
‘अस्पतालमा काम गर्ने तल्लो तहको स्वास्थ्यकर्मीहरु र तिनीहरुका अभिभावकहरुको तथा सुरक्षाकर्मीहरुको धेरै नै अनुरोध आइरहेको छ,’ उनले भनेका छन्, ‘एकैचोटी सबैलाई दिन सकिँदैन। अति आवश्यक हुनेहरु मात्र पिपिई लिन आउनुहोला।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























