समाचार

नेपालगञ्ज मेडिकल कलेजको आइसोलेशनमा राखिएका व्यक्तिको मृत्यु

Banner

नेपालगञ्ज, वैशाख ६–

नेपालगञ्ज मेडिकल कलेजको आइसोलेशनमा राखिएका एकजनाको मृत्यु भएको छ । उनलाई दुई दिनदेखि आइसोलेशनको आइसीयूमा राखिएको थियो । बेहनाको स्वाव परीक्षण भइसकेको थिएन ।

मेडिकल कलेजका डा. रोमन किदवाईका अनुसार, बर्दिया गुलरियाका इसराइल बेहनाको मृत्यु भएको हो । बेहना दमका बिरामी थिए ।

डा. किदवाईले मृतकको स्वाव परीक्षण गर्न थालेको जानकारी दिए ।

बाँकेका भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा आइसोलेसन कोरोना आशंकितलाई राखिएको छ । अहिलेसम्म भेरीले २३, मेडिकल कलेज नेपालगञ्जले २१ र कोहलपुर १३ वटा स्वाव पठाएकोमा नेगेटिभ आइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>