समाचार

‘आर्मी हुँ’ भन्दै डरत्रास देखाएर ठग्ने एक जना कारागार चलान

Banner

भद्रपुर, वैशाख ६-

आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पार्ने तथा डरत्रास देखाउँदै ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ ।

उनको नाममा मेचीनगर, विर्तामोड, भद्रपुर नगरपालिकासमेत गरी १० जनाबाट ५७ लाख ८६ हजार ठगी गरेको जाहेरी परेको थियो ।

सोही जाहेरीका आधारमा जिल्ला अदालतले शुक्रबार ६२ लाख ५० हजार धरौटी माग गरेको थियो ।

मागबमोजिमको धरौटी राख्न नसकेपछि राउतलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनले पसलेलाई प्रलोभनमा पारी प्रदीप कार्की, राजन काफ्ले, दुर्गा कार्की हुँ भन्दै ठाउँअनुसार परिचय फेर्दै ठग्ने गरेको अनुसन्धानको क्रममा पाइएको श्रेष्ठले बताए ।

राउतका नाममा मोरङ, सुनसरी, उदयपुरलगायतका विभिन्न जिल्लामा समेत मुद्दा दर्ता भएको छ । उनी भद्रपुर नगरपालिका वडा नम्बर १० मा बस्दै आएका थिए ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>