समाचार

कोराना संक्रमण फैलिने क्रम बढेपछि वन्यजन्तुको मासुमा प्रतिवन्ध लगाउन डब्ल्यूएचओको अपील

Banner

काठमाडौं, वैशाख ६-

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोराना संक्रमण फैलिने क्रम बढेपछि वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन सबै मुलुकलाई अपील गरेको छ ।

७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको भन्दै मासुको व्यापारमा कडाइ गर्नुपर्ने डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडहनामले बताएका छन् ।

लाखौं मानिसको मुख्य भोजनको रुपमा रहेको मासु अधिकांश क्षेत्रमा भने स्वच्छताको अभाव रहेको टेड्रोसले बताए ।

‘जीवित जनावरको बिक्री हुने बजारलाई तबमात्र खोल्नुपर्छ, जब भोजन र स्वच्छताका सबै मानक कडाइका साथ पालना हुन्छ,’ डब्ल्यूएचओका प्रमुख टेड्रोसले भने ।

यस्तै, अफ्रिकाका इमर्जेन्सी अपरेसन प्रमुख मिचेल याओले अफ्रिकामा अबको तीनदेखि ६ महिनामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या एक करोड पुग्नसक्ने चेतावनी दिएका छन् ।

चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना संक्रमण सिफुडबाट फैलिएको आशंका गरिएको छ । तर, यसको पुष्टि भने भएको छैन । विश्वभर संक्रमण बढ्दै गएपछि डब्ल्यूएचओले ३० जनवरीमा विश्वव्यापी स्वास्थ्य संकटलकाल घोषणा गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>