स्वास्थ्य

उदयपुरका कोरोना संक्रमित वीरगञ्जका संक्रमितसँगै तीन जिल्ला घुमेको पुष्टि

Banner

उदयपुर, वैशाख ६–

उदयपुरमा कोरोना संक्रमित भेटिएका १२ जना नेपालको तीन जिल्ला घुमेको पुष्टि भएको छ ।

जोगबनी नाका हुँदै नेपाल प्रवेश गरेका उनीहरु वीरगन्जमा भेटिएका संक्रमितसँगै सुनसरी र सप्तरीका कार्यक्रममा सहभागी भएको प्रहरी अनुसन्धानमा देखिएको हो । उदयपुरको त्रियुगा नगरपालिका तीन भुल्केस्थित मस्जिदमा संक्रमित अवस्थामा भेटिएका १२ जना भारतीयले आफुहरु मंसिर अन्तिम साता नै नेपाल प्रवेश गरेको प्रहरीलाई बताएका छन् ।

उनीहरु मोरङ, सुनसरी र सप्तरीका मस्जिदमा पुगेर उदयपुर प्रवेश गरेको पाइएपछि उनीहरु गएका मस्जिद लगायतका क्षेत्रमा प्रहरीले कन्ट्याक ट्रेसिङको तयारी गरी गरिएको छ ।

संक्रमितसँगै भुल्केको मस्जिदमा १६ जनालाई क्वारेन्टिनमा राखिएको छ । संक्रमितलाई भने विराटनगरमा बनाइएको कोभिड १९ उपचार केन्द्रको आइसोलेसनमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>