Breaking News

नेपालमा एकै दिन १४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो

Banner

काठमाडौं, वैशाख ५–

नेपालमा एकैदिन १४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या ३० पुगेको छ । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । आज चितवनमा २ जना र उदयपुरमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरमा कोरोना संक्रमित हुनेहरुमा १२ जना नै पुरुष छन् । उनीहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका रहेको मन्त्रालयले जनाएको छ । यस्तै चितवनमा भने २७ वर्षीय पुरुष र ६३ वर्षीया महिला छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>