धादिङ

ऱ्यापिड टेस्टमा पोजिटिभ देखिएका धादिङका युवकमा कोरोना संक्रमण देखिएन

Banner

धादिङ,बैशाख ५-

ज्वालामुखी गाउँपालिका वडा नम्बर–३, मैदी स्थत स्वास्थ्य केन्द्रमा गरिएको ऱ्यापिड टेस्टमा एन्टिबडी पोजिटिभ रिपोर्ट आएका २७ वर्षीय युवकको पीसीआर परीक्षणमा नेगेटिभ देखिएको छ ।

फागुन २० गते दक्षिण कोरियाबाट आएका ती युवकले हेटौंडा गएर स्वक्वारेन्टाइनमा बसेको दाबी गरेका थिए । पछि स्थानीय जनप्रतिनिधिहरुको दबाबमा उनको आरडीटी परीक्षण गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा भने कोरोना संक्रमण नदेखिएको जिल्ला अस्पताल धादिङका सूचना अधिकृत विक्रम बीकेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>