Breaking News

चितवनमा दुई जनामा देखियो कोरोना पोजिटिभ, थप पुष्टिका लागि स्वाब काठमाडौं पठाइयो

Banner

चितवन, वैशाख ४–

चितवनमा दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज (बिहीबार) भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको उच्च स्रोतले नारायणी अनलाइनलाई जानकारी दिएको छ ।

तर थप पुष्टिका लागि दुई जनाकै स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको छ । बिहीबार दुई पटकसम्म परीक्षण गर्दा पनि उनीहरुको कोरोना रिपोर्ट पोजिटिभ देखिएको उच्च स्रोतले बतायो । उनीहरु पूर्वीचितवनका रहेको बताईएको छ । उनीहरु गत चैतमा विदेशबाट आएका थिए ।

यसअघि बिहीबार नै गरिएको परीक्षणमा ३१ जनाको नतिजा भने नेगेटिभ आएको थियो । यस्तै हिजो (बुधबार) ¥यापिड टेस्टमा एक जनाको पोजिटिभ देखिएको थियो भने पछि पीसीआरमा स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>