स्वास्थ्य
चिकित्सकलाई पिट्न निर्देशन दिने डीएसपी लम्साल जिम्मेवारीबाट हटाइए
०

काठमाडौँ, वैशाख ४-
महानगरीय प्रहरी कार्यालय-मेट्रोले त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टरलाई ड्युटी सकेर फर्किरहेका बेला पिटेको आरोप लागेका महाराजगन्ज प्रहरी वृत्तका प्रमुख उमेश लम्साललाई जिम्मेवारीबाट हटाएको छ ।
लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले चिकित्सकलाई कुटपिटको घटना सार्वजनिक भएपछि लम्साललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका तानिएको हो ।
यसअघि बिहीबार बिहान मेट्रोले घटनाको छानविनका लागि एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा एसपी मुकेश सिंह र डीएसपी होबिन्द्र बोगटी सदस्य रहने गरी छानबिन समिति गठन गरेको थियो ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र कान्ति बाल अस्पतालका डाक्टरहरु शम्भु खनाल, तेजप्रकाश शाह र विकास शाहले ड्युटी सकेर खाना खाएर फर्किरहेका बेला प्रहरीले पिटेको आरोप लगाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























