Breaking News
र्यापिड टेस्ट गर्दा १ युवतीमा देखियो काेराेना पोजेटिभ, थप परीक्षण टेकुमा
०

काठमाडौं, बैशाख ४-
इटालीबाट फर्केकी बुढानिलकण्ठ-९ की ३१ वर्षीया महिलामा र्यापिड टेस्ट गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ ।
वैशाख ३ गते बुधबार गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टमा चैत पहिलाे साता इटाली हुँदै नेपाल आएकी एक युवतीमा काेराेना पाेजेटिभ देखिएकाे हाे छ ।
बुधबार वडा नं. ८ मा गरेको र्यापिड डाइग्नोस्टिक टेस्टअन्तरगत ती युवतीकाे नतिजा पोजेटिभ देखिएको हाे ।
ती युवतीलाई थप परीक्षणका लागि टेकु अस्पताल पठाइएको र थप जानकारी टेकु अस्पतालले रिपोर्ट दिएपछि बताउन सकिने नगरपालिका स्वास्थ्य शाखा प्रमुख जानकारी दिएका छन् ।
संक्रमण पोजिटिभ देखिएका बुढानिलकण्ठ-९ बस्ने ती युवती इटाली हुँदै नेपाल आइपुगेको र २ हप्ता क्वारन्टाइनमा बसेको बताइएको छ । तर उनमा हालसम्म कोरोनाको कुनै पनि लक्षण भने देखिएको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























