अन्तर्राष्ट्रिय

अमेरिकामा कोरोनाले २६ हजार बढीको मृत्यु, संक्रमितको ६ लाख माथि

Banner

एजेन्सी,बैशाख ३-

नोवेल कोरोना भाइरसको संक्रमण तथा त्यसबाट हुने कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा यसको कहर अझै कम हुने संकेत देखिएको छैन ।

मंगलबार एकै दिन दुई हजार भन्दा बढीको मृत्यु भएसँगै अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या २६ हजार भन्दा बढी पुगेको छ । मंगलबार २४ सय भन्दा बढीको मृत्यु भएसँगै कोभिड–१९ बाट अमेरिकामा ज्यान गुमाउनेको कुल संख्या २६ हजार ४७ पुगेको हो ।

यस्तै संक्रमितको संख्या पनि ६ लाख भन्दा माथि पुगेको छ । अहिलेसम्म अमेरिकामा ६ लाख १३ हजार भन्दा बढी संक्रमित भएका छन् । पछिल्ला धेरै दिनदेखि हरेक दिन २५ हजार भन्दा बढी नयाँ संक्रमित थपिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>