समाज
देशभरको विद्युत सेवा कहिवेर अवरुद्ध
०

काठमाडौं,बैशाख २-
देशका विभिन्न भागमा चलेको हावाहुरी चट्याङका कारण मंगलबार राति करिब १५ मिनेट राष्ट्रिय विद्युत प्रसारण लाइनमार्फत वितरित विद्युत सेवा अवरुद्ध भएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार करिब ८.४५ बजेदेखि ९ बजेसम्म देशभरको प्रशारण तथा वितरण प्रणाली अवरुद्ध भएको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपमहानिर्देशक हरराज न्यापानेले देशका अधिकांश भागमा सेवा अवरुद्ध हुन पुगेको बताए ।
उनले अवरुद्ध भएको सेवा सुरु भइसकेको पनि बताए । न्यौपानेले समस्या भएका स्थानमा टोली पुगेर मर्मतको काम पनि भइरहेको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























