समाचार

बाबुराम भट्टराईको प्रश्न – तलब नलिने घोषणा गर्नेहरुको विलासी रहनसन कसरी चल्छ ?

Banner

काठमाडौं, वैशाख २-

तलब भत्ता नलिने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरुलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रश्न गरेका छन् – विलासी रहनसहनको खर्च कसरी चल्छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीटरमा प्रश्न गरेका छन्, ‘आफ्नो कुनै पैतृक सम्पति, बचत र वैध कमाइ नहुनेहरु (कमसेकम संसद/सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने !) को विलासी रहनसन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि ?’

प्रधानमन्त्री ओलीले मुलुकको प्रगतिमा हुने उपलब्धिको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह-भारवहन सबैले मिलेर गर्नुपर्ने भन्दै आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका थिए ।

जनस्तरबाट पनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र निर्वाचन क्षेत्र विकास कोषबाट रकम काटेर कोरोना रोकथाम तथा नियन्त्रणमा लगाउनु पर्ने आवाज उठ्दै आएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनाको तलब, उपराष्ट्रपति नन्दबहादुर पुनले एक महिनाको तलब, मन्त्रीहरुले एक महिनाको तलब र सांसदहरुले १५ दिनको कोरोना कोषमा जम्मा गर्ने घोषणा यसअघि नै गरिसकेका छन् ।

सोमबार नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले पनि पारिश्रमिक नलिने घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>