समाचार
गहुँ थ्रेसिङ गर्ने क्रममा पूर्व राष्ट्रिय खेलाडी चन्दको मृत्यु
०

भीमदत्तनगर, २ वैशाख-
फुटबल र ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी नरी चन्दको गहुँ थ्रेसिङ गर्ने क्रममा गए राति मृत्यु भएको छ ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–५ बनगाउँका चन्दको ट्र्याक्टरले गहुँ थ्रेसिङ गर्ने क्रममा पट्टामा बेरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले जानकारी दिए ।
मतृक चन्दको शव परीक्षणका लागि महाकाली अस्पताल पुर्याइएको छ । भने चालक र ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























