Breaking News

कोरोना संक्रमित महिलासँग एउटै बसमा कैलाली पुगेका १६ जनालाई क्वारेन्टिनमै फर्काइँदै

Banner

काठमाडौं, बैशाख १-

कैलालीमा थप एकजना महिलामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ ।

कैलालीको लम्की–चुहाकी ६५ वर्षीय महिलामा कोरोना संक्रमण देखिएपछि उनीसँगै कैलाली गएका अरु १६ जनालाई पनि क्वारेन्टिनमा फर्काइने भएको छ ।

वीरगन्जबाट ती महिलासँगै अन्य १६ जना सहितको समूह एउटै बसमा कैलाली पुगेका थिए । त्यो बसमा वीरगन्जबाट ३५ जना चढे पनि लम्की–चुहामा भने १७ जना झरेको कैलालीका प्रहरीले जनाएको छ ।

लम्किचुहामा झरेका १७ जनालाई भने १८ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो। तर र्‍यापिड टेष्टमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई चैत २८ गते क्वारेन्टिनबाट छाडिएको थियो।

संक्रमण भएकी महिलाको परिवारका अन्य तीन सदस्य पनि त्यही बसमा लम्किचुहा पुगेका थिए।

अहिले १६ जनालाई नै क्वारेन्टिनमा फर्काउनका लागि प्रहरी परिचालन गरिएको जानकारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>