प्रवास

खाडी र मलेसियामा ४९ नेपालीमा कोरोना सङ्क्रमण,कुवेतमा ११ सङ्क्रमित

Banner

काठमाडौं,चैत ३०-

कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ११ पुगेको छ । यो भन्दा पहिले एकजना नेपालीमा सङ्क्रमण देखिएकोमा पछिल्लो समय थप दश जनामा देखिएपछि सङ्क्रमितको सङ्ख्या ११ पुगको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । योसँगै खाडीका देश र मलेसियामा सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुगेको छ । जसमध्ये ४४ कोरोना सङ्क्रमित नेपालीको अस्पतालमा उपचार भइरहेको छ । ५ जना निको भएर काममा फिरेका छन् । यी देशमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार २ सय ८८ पुगेको छ । ४ हजार ८९० जना उपचार पछि निको भएको छ भने, १३ हजार ६२४ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

अहिलेसम्म बहराइनमा २२, यूएईमा ११, साउदीमा ४, कुवेतमा ११ र मलेसियामा १ जना गरी जम्मा ३९ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>