प्रवास

बेलायतमा कोरोना भाइरसले कास्की घर भएका नेपालीको मृत्यु

Banner

काठमाडौं,चैत ३०-

बेलायतमा कोरोना भाइरसको संक्रमणले अर्का एक नेपालीको पनि मृत्यु भएको छ । कास्की घर भई हाल सडवरी टाउन बस्दै आएकी ३९ वर्षीय एक महिलाको शनिवार मृत्यु भएसँगै बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ ।

उनको मृत्युबारे गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिम्खडाले डिसी नेपाललाई जानकारी दिए । उनी एक केयर होममा काम गर्दै आएकी थिइन् ।

ज्वरो, खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी घले शनिवार अचानक श्वासप्रश्वासमा गाह्रो भएपछि नर्थवीक पार्क अस्पताल भर्ना भएकी थिइन् । अस्पताल पुर्याएको करीव ४ घण्टामा घलेको निधन भएको थियो । चेकजाँचको क्रममा उनलाई कोरोनाको संक्रमण भएको अस्पातलले पुष्टि गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>