प्रवास

एक्सपर्टले कोरोना प्रभावित विद्यार्थीलाई २ लाख डलर सहयोग गर्ने

Banner

अष्ट्रेलिया, चैत ३०–

एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसको परोपकारी संस्था ‘एक्सपर्ट फाउण्डेशन’ले कोरोनाको महामारीबाट प्रभावित भएका अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि दुई लाख अष्ट्रेलियन डलरको ‘कोभिड–१९ एक्सपर्ट सहयोग कोष’ स्थापना गरेको छ ।

आज (आइतबार) एक विज्ञप्ती जारी गर्दै एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस र एक्सपर्ट फाउण्डेशनले अष्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सहयोग गर्नका लागि सो कोष स्थापना गरिएको जनाएको हो । सो कोषबाट १ लाख ५० हजार डलर सिधै विद्यार्थीलाई र बाँकी ५० हजार डलर विद्यार्थीका लागि सक्रिय सामाजिक संघसंस्थामार्फत सहयोग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को माहामारीबाट अष्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीका अभिभावकहरु पनि अहिले प्रभावित भएको र अष्ट्रेलियामा रहेका विद्यार्थीहरुको रोजगारीमा पनि असर गरेको यथार्थलाई मध्यनजर गर्दै कोष स्थापना गर्ने निर्णय गरिएको एक्सपर्टले जनाएको छ ।

यस कोष स्थापनाले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई केही हदसम्म भए पनि सहयोग पुग्नेमा एक्सपर्टको विश्वास छ । विज्ञप्तीमा भनिएको छ–‘कोभिड १९ का कारण गर्दा अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीलाई पर्न सक्ने तत्कालिन र दीर्घकालिन असरहरुलाई न्यूनीकरण गर्न हामीले सुरुदेखिनै आफ्नो सक्रियता कायम राखेका छौं, सोही अनुरुप यो कोष स्थापना गरेका हौं ।’

कस्ता विद्यार्थीहरुले पाउछन् सहयोग ?

पछिल्लो ६ महिनामा अष्ट्रेलिया गएका अन्तराष्ट्रिय विद्यार्थीहरु सबैभन्दा बढी प्रभावित रहेका छन् । सोही अनुरुप सन् २०१९ अक्टोबर १ यता अष्ट्रेलियाका पुगेका विद्यार्थीका लागि सहयोग केन्द्रीत गरिएको छ । सन् २०१९ अक्टोबर १ पछि अष्ट्रेलिया पुगेका विद्यार्थीहरु पहिलो प्राथमिकतामा छन् ।

यस्तै रोजगारी भएर पनि माहामारीका कारण रोजगारी गुमाएका र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस मार्फत अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थामा भर्ना भएका विद्यार्थीहरुले सहयोग पाउने विज्ञप्तीमा उल्लेख छ । एक्सपर्टले अष्ट्रेलियाका विभिन्न राज्यमा भएका कार्यालय र विभिन्न सम्पर्क मार्फत विद्यार्थीहरुलाई सहयोग गरिने जनाएको छ । साथै सहयोग चाहने विद्यार्थीले एक्सफर्ट फाउण्डेशनको यो लिंकमा रजिष्ट्रेशन गर्न यहाँ क्लिक गर्नुहोस् गइ रजिष्ट्रेशन गर्न र थप जानकारी लिन सक्ने छन् । यस्तै कोभिड–१९ बाट प्रभावित विद्यार्थीहरुलाई कुनै सल्लाह चाहिएमा यस [email protected] इमेल ठेगानामा मेल गर्न आग्रह गरिएको छ ।

एक्सपर्टले विद्यार्थीहरुलाई पर्न सक्ने समस्याहरुको बारेमा आफ्नो व्यावसायिक सम्बन्ध भएका शैक्षिक संस्थाहरुसंग आफ्नो तर्फबाट नियमित परामर्शमा रही विद्यार्थीहरुको तर्फबाट पैरवी गरिरहेको र विद्यार्थीहरुलाई सहयोग र सुविधा प्राप्त हुने बारेका सूचना उपलब्ध हुनासाथ विद्यार्थीहरुलाई जानकारी गराउने जनाएको छ ।

अष्ट्रेलियामा विद्यार्थीले घरभाडा, खाना र पढाईको शुल्क तिर्न समस्या भोगिरहेका छन् । हाल अष्ट्रेलियामा ५ लाख ४० हजार अन्तराष्ट्रिय विद्यार्थी पढिरहेका छन् । जसमा ५५ हजार नेपाली छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>