अन्तर्राष्ट्रिय
कोरोना भाइरस महामारीः अमेरिकामा २० हजार भन्दा बढीको मृत्यु
०

एजेन्सी,चैत ३०-
कोरोना भाइरसको विश्वव्यापी महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या २० हजार भन्दा बढी पुगेको छ ।
शनिबार एकै दिन १८ सय भन्दा बढीको मृत्यु भएसँगै अमेरिकामा अज्यान गुमाउनेको संख्या २० हजार पाँच सय भन्दा बढी भएको हो ।सबैभन्दा बढी प्रभावित भएको अमेरिकी राज्य न्यूयोर्कमा ज्या गुमाउनेको संख्या ८ हजार ६२७ रहेको छ । त्यसपछि न्यू जर्सीमा दुई हजार १८३, मिसिगनमा एक हजार ३९२, लुजियानामा ८०६, मासासुचेट्समा ६८६ तथा क्यालिफोर्नियामा ६३० जनाको मृत्यु भएको छ ।
अमेरिकामा संक्रमितको संख्या पाँच लाख ३२ हजार भन्दा बढी पुगेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























