Breaking News
कोरोनाबाट विश्वमा सबैभन्दा बढी अमेरिकामा मृत्यु
०

एजेन्सी,चैत २९-
कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ। अमेरिकामा शनिबारसम्म कोरोना भाइरसका कारण निधन हुनेको संख्या १९ हजार ६ सय ६६ पुगेको छ। कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डोमिटर्स डट इन्फोका अनुसार नेपाली समयानुसार शनिबार साँझसम्ममा अमेरिकामा मृत्यु हुनेको संख्या १९ हजार ६ सय ६६ पुगेको हो।
अमेरिकामा ५ लाख ६ हजार ८ भन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छ। त्यस्तै युरोपेली राष्ट इटालीमा पनि १८ हजार ८ सय ४९ जनाको ज्यान गइसकेको छ। इटालीमा १ लाख ४७ हजार ५ सयभन्दा बढी संक्रमित फेला परिसकेका छन्। ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























