स्वास्थ्य
कोरोनाको भयानक पुनरावृत्ति हुन सक्छ, प्रतिबन्ध खुकुलो नगरौँः डब्लुएचओ

एजेन्सी,चैत २८-
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अपनाइएका लकडाउनसहितका उपाहरुहरु चाँडै नै अन्त्य गर्दा संक्रमणको पुनरावृत्ति हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले प्रतिबन्धहरु फुकुवा वा खुकुलो बनाउँदा देशहरु सचेत बन्नु पर्ने बताएका छन्।
प्रतिबन्धका कारण आर्थिक समस्या या संकट आउने भए पनि त्यसले मानव जीवनको रक्षा गरिरहेकाले हतारो गर्न नहुनेमा उनले जोड दिएका छन् । युरोपमा सबै भन्दा बढी प्रभावित भएका स्पेन र इटालीमा केही प्रतिबन्धहरु खुकुलो पारिएको छ र त्यहाँ लकडाउन भने लागु छ ।
विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट झण्डै १७ लाख मानिस संक्रमित भएका छन् । यस्तै मृत्यु हुनेको संख्या एक लाख नाखेको छ । जेनेभामा भएको भर्चुअल पत्रकार सम्मेलनमा डब्लुएचओ प्रमुख डा. टेडरोजले युरोपका केही देशमा महामारी केही कम भएको देखिएको बताए ।
























