समाज
भारतीय मिडियाको दाबीः कोरोना संक्रमित दुई सय नेपाल छिरे
०

काठमाडौं,चैत २८-
भारतमा एक मुस्लिम भेलाबाट कोरोनाभाइरस संक्रमण फैलाएको भनिएका बेला मुस्लिम देशका दुई सय कोरोनाभाइरस संक्रमित मानिस नेपालको मस्जितमा बसेको भारतीय मिडियाले दाबी गरेको छ ।
केही दिन अघि दिल्लीमा निजामुद्दिन क्षेत्रमा भएको तबलिगी जमात भेलामा तीन सय मुस्लिम सहभागी भएका थिए । त्यहाँबाट कोरोनाभाइरस संक्रमण फैलिएको भनिएको भन्दै भारतमा चर्चा चलेको थियो भने उक्त भेला नेपाली पनि सहभागी भएका थिए । सो भेलामा सहभागी भएका नेपाली स्वदेश आएसँगै क्वारेन्टाइनमा राखिएको छ ।
तर, यही बेला भारतीय मिडिया इण्डिया टिभीले कोरोना संक्रमण भएका आशंका गरिएका दुई सय मुस्लिम नेपालको मस्जितमा बसेको दाबी गर्दै समाचार प्रशारण गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























