अन्तर्राष्ट्रिय
कोरोना संक्रमणः इटालीलाई पनि उछिन्दै अमेरिका
०

चितवन,चैत २८-
कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ। शुक्रबार राती १० बजेसम्म एक लाख २ सय ६० जनाले ज्यान गुमाएका छन्।
१६ लाख ४७ हजार संक्रमित भएकामा ३ लाख ६९ हजार निको भएका छन्। सबैभन्दा बढी मृत्यु इटाली र सबैभन्दा बढी संक्रमण अमेरिकामा देखिएको छ। मृतक संख्यामा पनि अमेरिकाले इटालीलाई उछिन्ने सम्भावना छ। अमेरिकामा चार लाख ७८ हजार संक्रमित भएकामा करिब १७ हजार ९ सयभन्दा बढीले ज्यान गुमाएका छन्।
त्यहाँ २६ हजार मात्र निको भएका छन्। इटालीमा १८ हजार ८ सय ४९ जनाको ज्यान गएको छ। इटालीमा एक लाख ४७ हजार संक्रमित भएका छन् भने तीमध्ये करिब ३० हजार निको भएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























