Breaking News
नेपालमा कोरोना सङ्क्रमितको संख्या बढेको छैनः मन्त्रालय
०

काठमाडौं,चैत २८-
नेपालमा कोरोना सङ्क्रमितको संख्या नौ नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये एक जनाको उपचार पछि डिस्चार्ज भइसकेको छ भने ८ जनाको उपचार भइरहेको छ । काठमाण्डौमा दुई, बाग्लुंगमा दुई, सेती अञ्चल अस्पतामा चार जनाको उपचार भइरहेको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले यस्तो जानकारी गराउनु भएको हो । आज मात्रै ६ सय ३० जनाको परीक्षण भएको छ । काठमाण्डौमा ४०१, काठमाण्डौबाहिर २२९ जनाको नमुना परीक्षण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























