अन्तर्राष्ट्रिय

बोको हरामविरूद्धको कारबाहीमा ५२ सैनिक र एक हजार जिहादी लडाकूको मृत्यु

Banner

एजेन्सी,चैत २७-

बोको हरामविरूद्धको एक महिने सुरक्षा कारबाहीमा ५२ सैनिक र एक हजार जिहादी लडाकूको मृत्युभएको चाडको सरकारी सेनाले बिहीबार जानकारी गराएको छ ।

सेनाले लेक चाडको सीमा क्षेत्रमा जिहादी बोकोहराम विरूद्ध गत महिना आफ्ना करिब १०० सेनाको ज्यान जाने गरी आक्रमण गरेपछि प्रतिक्रियामा उक्त कारबाही सुरू गरेको सेनाले बताएको छ ।

सेनाका प्रवक्ता कोलोनेल अजेम बर्मेन्दोआ अगौनाले एएफपीसँग भन्नुभयो, “एक महिना लामो बोको हरामविरूद्धको कारबाही बुधबार सकिएको छ । यस क्रममा ५२ जना सैनिक अधिकारीले शहादत प्राप्त गरेका छन् भने आतङ्ककारी समूह बोको हरामतर्फ एक हजारभन्दा बढीको मृत्यु भएको छ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>