अन्तर्राष्ट्रिय

पाकिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघ्यो, ६४ को मृत्यु

Banner

इस्लामावाद, चैत २७–

कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पाकिस्तानमा चार हजारभन्दा बढी पुगेको छ ।

सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या चार हजार ३३२ पुगेको हो । सङ्क्रमितमध्ये सबैभन्दा धेरै पन्जाव प्रान्तमा रहेका छन्, त्यहाँ दुई हजार १७१ जना सङ्क्रमित भएको तथ्याङ्क राष्ट्रिय नियन्त्रण केन्द्रको रहेको छ । दोस्रो धेरै सङ्क्रमित भएको सिन्ध प्रान्तमा बिहीबारसम्ममा एक हजार १२८ जना सङ्क्रमित भएका छन् भने तेस्रो धेरै सङ्क्रमित भएको खैबर पख्तुन्ख्वामा ५६० जना रहेका छन् ।

त्यसैगरी गिल्गित बाल्टिस्तानमा २१३ जना, बालुचिस्तानमा २१२ जना, इस्लामावादमा १०२ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा २८ जना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँच जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको पुष्टि गरिएको छ । योसहित कुल मृतकको सङ्ख्या ६४ पुगेको छ ।सङ्क्रमित भएकामध्ये गम्भीर अवस्थामा रहेका ३१ जनाको उच्च सतर्कताका साथ उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् ।उनीहरुका अनुसार कुल सङ्क्रमितमध्ये ४२ प्रतिशत देशभित्रै एक अर्काबाट सङ्क्रमित भएका हुन भने अरु सङ्क्रमित विदेशबाट आएकाहरूबाट भएका हुन् ।

पाकिस्तानमा अहिलेसम्म ४४ हजार ८९६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ७३७ जनाको परीक्षण गरिएको अधिकारीले बताएका छन् । –रासस÷एएनआई

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>