अर्थ

प्रभात सहकारीको आंशिक सेवा सञ्चालनमा

Banner

चितवन, चैैैत २७–

प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुको समस्यालाई मध्यनजर गर्दै आफ्नो सेवा सञ्चालनमा ल्याएको छ ।

सरकारले देशभर लकडाउन गरेसंगै सेवा वन्द गरेको संस्थाले सदस्यहरुको माग अनुसार बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म सेवा सञ्चालन गरेको अध्यक्ष विमला न्यौपाने ज्ञवालीले बताइन् । उनले कार्यालय पूर्ण समय सञ्चालन नभए पनि शेयर सदस्यहरुको समस्यालाई मध्यनजर गरेर सेवा सञ्चालन गरिएको बताइन् ।

त्यसैगरी सहकारीले चैत मसान्तमा व्याज बुझाउने सदस्यहरुलाई व्याजको १२ प्रतिशत छुट दिने भएको छ । सरकारले बैंकहरुलाई छुट दिन भनेपछि सहकारीले पनि सोही अनुसारको छुट दिने भएको संस्थाकी सचिव साधना पोख्रेलले बताइन् । सचिव पोख्रेलले लकडाउनको अवस्थामा किस्ता र व्याज तिर्न दवाब नदिईने तर व्याज तिर्नेलाई व्याजको १२ प्रतिशत छुट दिने निर्णय गरिएको बताइन् ।

यस सहकारीले आफ्ना सदस्यहरुको हितलाई ध्यानमा राखी १६ प्रकारका बचत र ७ प्रकारका ऋणहरु उपलब्ध गराउदै आएको छ । हाल ऋणको सिमा २५ लाखसम्म उपलब्ध गराएको छ । भरतपुर १२ मालपोत चोक अगाडी मुख्य कार्यालय रहेको यस सहकारीले शरदपुर, लक्ष्मीपुर र कालिका नगरपालिकाको शक्तिखोरमा सेवा केन्द्र सञ्चालन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>