Breaking News

भोलि र पर्सि काठमाण्डौं उपत्यका बाहिर जानदिने सरकारको निर्णय

Banner

काठमाडौं,चैत २७-

सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो ।११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

छोटो दुरीको हकमा कसरी जान दिने भन्ने तय भइसेको छैन । यसबारे गृह मन्त्रालयले गृहकार्य गरिरहेको स्रोतले बताएको छ । तर उपत्यका बाहिरबाट काठमाडौं आउन नदिइने सरकारले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>