अर्थ

एक डलरको भाउ १२२ रुपैयाँ ५० पैसा, नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

Banner

काठमाडौं, चैत २७-

चीनबाट फैलिएको नोबल कोरोना भाइरसले विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेपछि लगानीकर्ताहरुले डलरको माग बढाएका छन्। यही बीचमा सुनको मूल्य पनि बढ्न थालेको छ।

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च पुगेको छ। डलरको भाउ १२२ रुपैयाँ ५० पैसा पुगेको छ। अघिल्लो दिनभरी भएको कारोबारका आधारमा राष्ट्र बैंकले अर्को दिनको रिफरेन्स रेट तोक्छ ।

कोरोनाका कारण चीनको मात्र नभइ अमेरिका, युरोप र भारतकै अर्थतन्त्र पनि प्रभावित हुन थालेको छ । लगानीकर्ताहरु सेयर बजारबाट विस्तारै बाहिरिन थाल्दा विश्वका ठूला स्टक एक्सचेञ्जका सूचकहरु फराकिलो अन्तरले झर्न थालेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>