प्रचलन

बहराइनमा थप १० नेपालीमा देखियो कोरोना संक्रमण

Banner

काठमाडौं, चैत २७–

विभिन्न देशमा रहेका नेपालीहरुमा कोरोना भाइरस (कोभिड–१९)को संक्रम बढ्दै गइरहेको बेला बहराइनमा थप १० नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै बहराइनमा मात्रै भाइरसबाट संक्रमित नेपालीको संख्या २२ पुगेको छ ।

मनामास्थित नेपाली दूतावासका अनुसार क्वारेन्टाइनमा राखिएका नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण भएको देखिएको हो। राजदूत पदम सुन्दासले केही समय अगाडि सल्मावाद स्थित एक क्याम्पमा एक जना विदेशी कामदारमा संक्रमण देखिएपश्चात त्यहाँ कार्यरत करिब ४ सय जनालाई क्वारेन्टाइनमा राखिएकोमा हाल १० नेपालीमा संक्रमणको पुष्टि भएको बताए।

यसअघि त्यस क्याम्पमा भएका ९ नेपालीलाई कोरोनाको संक्रमण भएको देखिएको थियो। ३ जना भने अन्य क्याम्पमा बस्ने नेपाली थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>