Breaking News

स्वास्थ्य सामग्री ल्याउन सेनाको तयारी, पाँच देशलाई गर्‍यो पत्रचार

Banner

काठमाडौं, चैत २६–

नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्न पाँच मुलुक छनोट गरेको छ । सोही अनुरुप सेनाले परराष्ट्र मन्त्रालयमार्फत चीन, भारत, दक्षिण कोरिया, सिंगापुर र इजरायललाई पत्र पठाएको छ ।

सेनाले नेपालमा रहेका विदेशी राजदूतावासका सैनिक सहचारी र नेपालको विदेशस्थित दूतावासमा रहेका आफ्ना सैनिक सहचारीमार्फत स्वास्थ्य सामग्रीको अवस्थाबारे जानकारी लिएको थियो। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले नेपालको आवश्यकता र ती मुलुकमा पाइने स्वास्थ्य सामग्री हेरेर पत्र पठाइएको जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>