चितवन विशेष
‘शबे बरात पर्व’ घरमै मनाउन नेपाल मुस्लिम संघ चितवनको अनुरोध

चितवन, चैत २६–
नेपाली काँग्रेसको भातृ संस्था नेपाल मुस्लिम संघ चितवनका अध्यक्ष ईसुफ दिन मियाँले भोलि चैत २७ गते (बिहीबार) ईस्लाम धर्मालम्बीहरुको ‘शबे बरात पर्व’ घरमै बसेर मनाउन अनुरोध गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण देश हाल लकडाउनको अवस्थामा रहेकोले घरमै पर्व मनाउन आग्रह गरेका हुन् ।
आज जारी विज्ञप्तीमा यस पर्व मस्जिद तथा कब्रिस्तानहरुमा नगई घरमानै बसेर ईबादत (उपासन) गर्दै मनाउन अनुरोध गरिएको छ । विज्ञप्तीमा देश, विदेशमा बस्ने सम्पूर्ण ईस्लाम धर्मावलम्बीहरुलाई पर्वको शुभकामना दिदै रोग फैलन नदिन आ–आफनो ठाउँबाट सहयोग पु¥याउन आव्हान गरिएको छ ।
यता नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले मुस्लिम संघका अध्यक्ष मार्फत ईस्लाम धर्मालम्बीहरुलाई घरमानै पर्व मनाउन आव्हान गरिएको बताए । उनले सिंगो नेपाली काँग्रेस रोगको संक्रमण फैलन नदिन केन्द्र देखि गाउँ तहसम्म जुटिरहेको बताए ।
























