Breaking News
कोरोना परीक्षणको लागि अत्याधुनिक उपकरण धनगढी पुग्यो, दैनिक ४ सयको नमूना परीक्षण हुने
०

धनगढी चैत २६–
काठमाडौँबाट नेपाली सेनाको स्काईट्रकले बुधबार कोरोना परीक्षण प्रयोगशालाका लागि अत्याधुनिक उपकरण धनगढी ल्याईएको छ ।
धनगढीमा स्थापना भएको प्रयोगशालामार्फत धेरै कम सङख्यामा परीक्षण हुन थालेपछि बढी क्षमताको उपकरण धनगढी ल्याईएको हो । यो उपकरण जडान भएसँगै तीन घण्टामा ९६ जना र दिनमा चार सयको परीक्षण गर्न सकिने बताईएको छ।
पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा रहेको आरटीपीसीआर मेसिनलाई धनगढीमा रहेको भेटनरिको प्रयोगशालामा आजै स्थापना गर्ने तयारी गरिएको छ ।
सुदूरपश्चिममा संक्रमितको संख्या ४ जना पुगेपछि सरकारले मंगलबारदेखि कैलाली र कंचनपुरमा र्यापिड टेस्ट परीक्षण शुरू गरिसकेको छ ।
मंगलबारमात्र कैलाली र कंचनपुरबाट १ सय ९५ जनाको नमूना संकलन गरिएको स्वास्थ्य निर्देशक अवस्थीले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























