समाज
गहुँ थ्रेसिङ गर्ने थ्रेसरमा बेरिएर युवतीको मृत्यु
०

कैलाली,चैत २६-
शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरका २२ वर्षीय रेवती पाण्डेय जोशीको गहुँ थ्रेसिङ गर्ने थ्रेसरको पट्टामा बेरिएर मृत्यु भएको छ। गहुँ थ्रेसिङ गरिरहेका बेला दुपट्टा थ्रेसरको पट्टामा बेरिँदा जोशीको टाउकोमा गम्भीर चोट लागेको थियो।
गम्भीर चोट लागेपछि उपचारका लागि कैलालीको निसर्ग अस्पतालमा पुर्याइए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए। मृतकको शव परीक्षणका लागि महाकाली अस्पताल पुर्याइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























